नेपालमा पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा ज्यान गुमाउनेको संख्या १७६५ पुगेको छ ।