Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विश्वभर एकै दिन २ लाख १३ हजार संक्रमित, ५ हजार ५१८ को मृत्यु

विश्वभर एकै दिन २ लाख १३ हजार संक्रमित, ५ हजार ५१८ को मृत्यु

  • बिहिवार, आषाढ २५ २०७७

  • 883
    SHARES

  • विश्वभर एकै दिन २ लाख १३ हजार संक्रमित, ५ हजार ५१८ को मृत्यु

    विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकै दिन ५ हजार ५१८ को मृत्यु भएको छ । आजसम्म ५ लाख ५१ हजार १९० जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

    यस्तै १ करोड २१ लाख ५५ हजार ६०३ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख १३ हजार २२४ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् । यसैविच , भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

    अहिले एसियाकै महामारी केन्द्र बनिरहेको भारत विश्वमा कोरोना संक्रमित देशको लहरमा तेस्रो स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।अहिलेसम्म त्यहाँ संक्रमितको ७ लाख ६९ हजार ५२ पुगेको छ । आज विहानसम्म मात्र भारतमा २५ हजार ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    अहिलेसम्म भारतको कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ हजार १४४ पुगेको छ ।अहिले भातरमा २ लाख ७१ हजा ३५४ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी ४ लाख ९१ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।


    बिहिवार, आषाढ २५ २०७७०१:४२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij