Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

किन भने संग्रौलाले विवेकशील साझालाई ‘सुकुलगुण्डे पार्टी’ ?

किन भने संग्रौलाले विवेकशील साझालाई ‘सुकुलगुण्डे पार्टी’ ?

  • मंगलवार, मंसिर ३० २०७७

  • 990
    SHARES

  • किन भने संग्रौलाले विवेकशील साझालाई ‘सुकुलगुण्डे पार्टी’ ?

    काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ नेपाली राजनीतिमा आएको विवेकशील साझा पार्टीलाई लेखक, साहित्यकार तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले कटाक्ष गर्नुभएको छ । आज ट्विट गर्दै उहाँले यो पार्टीलाई ‘सुकुलगुण्डे पार्टी’को संज्ञा दिनुभएको हो ।

    विवेकशील साझाको कुनै दार्शनिक मान्यता र मूर्त राजनीतिक कार्यदिशा नभएकाले यो वैकल्पिक पार्टी बन्न नसक्ने संग्रोलाको ठहर छ ।
    ‘विवेकशील साझा पार्टीको न कुनै दार्शनिक मान्यता देखियो न मूर्त राजनीतिक कार्यदिशा’, उहाँले लेख्नुभएको छ, ‘यस्तो दिग्शून्य र सुखवादी सुकुलगुण्डे तालले वैकल्पिक पार्टी बन्न असम्भव छ, मान्यवर !’

    संग्रौलाले विवेकशील साझाका नेताहरुलाई राजनीति छोडेर अन्य पेशामा लाग्नसमेत सुझाब दिनुभएको छ ।

    ‘प्रवृत्ति र अभिरूचिका दृष्टिले त रवीन्द्र मिश्र फिल्मी हिरो र मिलन पाण्डे शिक्षक हुनुमा पो कल्याण छ, ब्रोज !’, उहाँको सुझाब छ ।

    वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ नेपाली राजनीतिमा आएका दुई दल साझा पार्टी र विवेकशील दलले गत मंसिर २४ गते पुनः एकता गरेका थिए ।

    विवेकशील र साझा केही वर्षअघि छुट्टिएका थिए । यसअघि यी दुई पार्टीबीच ०७४ सालमा एकता भएको थियो ।

    Capture.PNG


    मंगलवार, मंसिर ३० २०७७०२:०३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij