Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उखु किसानको आन्दोलनमा विवेकशील साझाको पनि समर्थन

उखु किसानको आन्दोलनमा विवेकशील साझाको पनि समर्थन

  • सोमवार, मंसिर २९ २०७७

  • 1.1K
    SHARES

  • उखु किसानको आन्दोलनमा विवेकशील साझाको पनि समर्थन

    काठमाडौं । चिनी मिलहरुबाट भुक्तानी नपाएपछि काठमाडौंमा हिजोदेखि आन्दोलित भएका उखु किसानहरुले आज पनि विरोध प्रदर्शन गर्दै छन् । उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा काठमाडौं आएर हिजोदेखि आन्दोलन सुरु गरेका किसानहरुले आज पनि बिहान ११ बजेदेखि माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्दैछन् ।

    उखु किसानहरुको आन्दोनमा विवेकशील साझा पार्टीले समेत समर्थन जनाएको छ । भर्खरै पार्टी एकीकरण गरेर आफूलाई वैकल्पिक शक्ति दाबी गर्दै आएको विवेकशील साझाले उखु किसानहरुको आन्दोलनमा समर्थन जनाएको हो ।

    उखु किसान संघर्ष समितिले गत वर्षको पुस १८ सरकारले आफूसँग गरेको सम्झौता तत्काल लागु गर्नुपर्ने र चिनी मिलहरुबाट तत्काल भूक्तानी पाउनुपर्ने लगाएतका विभिन्न माग राखि आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

    चिनी मिलबाट वषौंदेखि भुक्तानी नपाएर पीडित बनेका आफूहरुलाई सरकारले समेत झुलाएको कृषकहरुको गुनासो छ । सरकारी तथ्याङ्क अनुसार उखु मिलसँग किसानले अझै ५२ करोड भन्दा धेरै बक्यौता पाउनु पर्नेछ ।


    सोमवार, मंसिर २९ २०७७१०:११:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij