Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

स्थायी कमिटीमा आजदेखि दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने, ओली पनि सहभागी हुने

स्थायी कमिटीमा आजदेखि दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने, ओली पनि सहभागी हुने

  • आइतवार, मंसिर २८ २०७७

  • 919
    SHARES

  • स्थायी कमिटीमा आजदेखि दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने, ओली पनि सहभागी हुने

    काठमाडौं । विवादमा अल्झीएको नेकपा स्थायी कमिटिको बैठकमा आजदेखि दुवै अध्यक्षको प्रतिवेदनमाथी छलफल गर्ने तयारी भएको छ । गत २१ गते सुरु भएर आजसम्मका लागि स्थगित गरिएको बैठकमा स्थायी कमिटि सदस्यहरुले बोल्ने क्रम सुरु हुने बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।

    उहाँले पार्टीलाई अव कसरी अगाडि बढाउने भन्ने बारेमा बैठकबाट नै टुङ्गो लगाइने नेपाली नेटवर्कसँग बताउनुभयो । बैठकको सुरुको दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थीत भएपनि आज भने उपस्थीत हुने संभावना रहेको जनाइएको छ ।

    ओली निकट मानिनु हुने पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्ले आजको बैठकका प्रधानमन्त्री ओली सहभागी हुने दावी गर्नुभयो । बैठक दिउँसो १ बजेका लागि पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा तय गरिएको छ । बैठक सुरु हुने दिन प्रधानमन्त्री ओलीले स्थायी कमिटिलाई पत्र लेखेर दुवै अध्यक्षको प्रतिवेदन स्थगित गरेर मात्रै आफु बैठकमा सहभागी हुने बताउनु भएको थियो ।

    नेकपामा ओली निकट नेताहरुले दुवै अध्यक्षको प्रतिवेदन स्थगित गरेर मात्रै बैठकलाई अगाडि बढाउनु पर्नेमा जोड दिने गरेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दुवै प्रतिवेदनमाथी छलफल गरेर निचोडमा पुग्ने पर्ने अडान राख्ने गरेको छ ।


    आइतवार, मंसिर २८ २०७७०९:२३:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij