Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

८९९ कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु

८९९ कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु

  • शनिवार, मंसिर २७ २०७७

  • 637
    SHARES

  • ८९९ कोरोना संक्रमित थपिए, १५ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आज शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो।

    योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ३४ हजार २ सय ३१ पुगेको छ।

    त्यस्तै, कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ८९ पुगेको छ।


    शनिवार, मंसिर २७ २०७७०४:३७:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij