Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा ८५ सङ्क्रमित मात्रै अस्पतालको आइसोलेसनमा

सुदूरपश्चिममा ८५ सङ्क्रमित मात्रै अस्पतालको आइसोलेसनमा

  • बिहिवार, आषाढ २५ २०७७

  • 828
    SHARES

  • सुदूरपश्चिममा ८५ सङ्क्रमित मात्रै अस्पतालको आइसोलेसनमा

    सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ८७१ पुगेको छ । यसमध्ये ९९३ जना विभिन्न अस्पतालवाट डिस्चार्ज भइसकेका छन् । बाँकी रहेका दुई हजार ७८५ सङ्क्रमितमध्ये ८५ जना मात्रै अस्पतालको आइसोलेसनमा उपचाररत रहेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस ब्रिफिङमा बुधबार मात्रै अछामका ५५ जना सङ्क्रमितलाई अस्पताल र क्वारेन्टाइनबाट घर पठाइएको बताउनुभयो । उहाँले कोभिड–१९ को केस आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकाको बुँदा नम्बर २.३(क) अनुसार आइसोलेसन कक्षमा १४ दिन पूरा गरेको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको पत्राचार अनुसार एक साता होम क्वारेन्टाइनमा बस्ने गरी अहिलेसम्म सबैभन्दा बढी बैतडीका २५२, डडेल्धुराका १८८, डोटीका १५७, अछामबाट १४५, कञ्चनपुरका १०३ र कैलालीका ९९ जना सङ्क्रमितलाई अस्पताल र क्वारेन्टाइनबाट डिस्चार्ज गरिएको बताउनुभयो ।

    यस्तै बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना सङ्क्रमितलाई डिस्चार्ज गरिएको छ । उहाँहरूलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् ।

    यस्तै सुदूरपश्चिम प्रदेशका ८५ जना सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कैलालीको टीकापुर अस्पतालमा ४१, कञ्चनपुरको महाकाली अस्पतालमा १८, अछाम अस्पतालमा १०, सेती अस्पतालमा नौ, कैलालीकै मालाखेती अस्पतालमा तीन, डोटी र बाजुरा अस्पतालमा दुई/दुई जना गरी ८५ जनाको उपचार भइरहेको छ ।

    सुदूरपश्चिममा अहिलेसम्म आठ जना सङ्क्रमितको मृत्यु भइसकेको छ भने दुई हजार ७८५ जना सङ्क्रमित विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।


    बिहिवार, आषाढ २५ २०७७०१:२४:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij