काठमाडौं । रोजगारीका लागि मलेसिया गएका एक सय ५० जना नेपाली विभिन्न मुद्धामा जेल जीवन बिताइरहेको पाइएको छ ।
राजधानी क्वालालाम्पुरस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रेम पुन थापाले मलेसियामा विभिन्न करणले जेल जीवन बिताइरहेका नेपालीहरुको सङ्ख्या एक सय ५० रहेको जानकारी दिनुभएको छ ।
गत डिसेम्बर ४ तारिख मात्रै दूतावासले पहलमा मलेसियाको अध्यागमन विभाग संग समन्वय गर्दै विभिन्न करणले जेल जीवन बिताई रहेका ५० जना नेपालीलाई नेपाल पठाएको सचिव थापाले बताउनुभयो ।
धेरै नेपालीहरुले मलेसियाको कानून उलङ्घन गरेको र गैरकानूनी हैसियतमा बसेकाहरुले पनि जरिवाना तिर्नुपर्ने उहाँले बताउनुभयो । मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायतले नेपाली जेल पर्ने गरेका छन् ।