Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

१०४४ कोरोना संक्रमित थपिए, ११ को मृत्यु

१०४४ कोरोना संक्रमित थपिए, ११ को मृत्यु

  • शुक्रवार, मंसिर २६ २०७७

  • 780
    SHARES

  • १०४४ कोरोना संक्रमित थपिए, ११ को मृत्यु

    काठमाडौँ l नेपालमा पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।

     

    पछिल्लो २४ घण्टामा थप १२७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३२ हजार ८७२ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

    योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६७४ पुगेको छ ।


    शुक्रवार, मंसिर २६ २०७७०४:२६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij