Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल–भारत ऊर्जा सचिवस्तरीय भर्चुअल बैठक आज

नेपाल–भारत ऊर्जा सचिवस्तरीय भर्चुअल बैठक आज

  • शुक्रवार, मंसिर २६ २०७७

  • 1.1K
    SHARES

  • नेपाल–भारत ऊर्जा सचिवस्तरीय भर्चुअल बैठक आज

    काठमाडौं । नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘जोइन्ट स्टेयरिङ कमिटी’को भर्चुअल बैठक आज हुँदै छ । आजको बैठकको आलगि एजेन्डा तय गर्न हिजो उर्जा सहसचिवस्तरीय ‘जोइन्ट वर्किङ कमिटी’को बैठक बसेको थियो ।

    हिजोको बैठकमा नेपाल र भारतबीच ऊर्जा खरिद–बिक्रीसहित प्रसारणलाइन निर्माण लगायतका एक दर्जन एजेन्डामा छलफल भएको र आजको सचिवस्तरीय बैठकमा अन्तिम टुंगो लाग्ने बताइएको छ ।

    बैठकमा नेपालले आगामी वर्षायामअघि नै भारतीय बजारमा नेपालको बिजुली जाने गरी कानूनी निकास दिन प्रस्ताव गरेको छ । भारतको ‘इनर्जी एक्सचेन्ज बजार’मा नेपाल विद्युत प्राधिकरणलाई प्रवेश दिन पनि नेपालले फेरि अग्रह गरेको छ ।

    यो मार्केटमा आफ्ना लागि आवश्यक हुने बिजुली एक दिन अगावै बुक गर्न सकिन्छ । आफूलाई बढी हुने बिजुली बेच्न चाहानेले एक्सचेन्ज मार्केटमा बेच्न पनि सकिन्छ ।

    नेपाल सरकारले पनि प्राधिकरणलाई भारतको एक्सचेन्ज मार्केटमा लगेर बिजुली बेच्न अनुमति दिइसकेको छ । तर निर्देशिकाअनुसार नेपाललाई एक्सचेन्ज मार्केटमा प्रवेश दिन भारतले ‘कन्डक्ट अफ बिजनेस रुल्स’ जारी गरेको छैन ।


    शुक्रवार, मंसिर २६ २०७७०७:३७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij