Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

३४ हजारले दाबी गर्दा ८ हजारले मात्रै कोरोना बीमा भुक्तानी पाए, सबै कागजात पेस गर्न आग्रह

३४ हजारले दाबी गर्दा ८ हजारले मात्रै कोरोना बीमा भुक्तानी पाए, सबै कागजात पेस गर्न आग्रह

  • बिहिवार, मंसिर २५ २०७७

  • 1.0K
    SHARES

  • ३४ हजारले दाबी गर्दा ८ हजारले मात्रै कोरोना बीमा भुक्तानी पाए, सबै कागजात पेस गर्न आग्रह

    बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानीको लागि आवश्यक सबै कागजात र प्रमाण पेस गर्न आग्रह गरेको छ । अहिले कैयौँ दाबी कागजात र प्रमाण विनै परेकाले भुक्तानीमा समस्या परेको भन्दै समितिले कोरोना बीमा मापदण्डमा तोकिएअनुसारका कागजातसहित दाबी गर्न आग्रह गरेको हो ।

    कोरोना बीमा भुक्तानी नपाएको भन्दै गुनासो बढिरहेको छ र अर्थ मन्त्रालयले पनि पटक–पटक ताकेका गरिरहेको छ । बीमा कम्पनीहरूले मापदण्डबाहिर रहेर भुक्तानी दिन नमिल्ने भएकाले सबै कागजात पेस गर्न अनुरोध गरेको कार्यकारी निर्देशन राजुरमण पौडेलेले जानकारी दिनुभयो । 

    बीमा कम्पनीले एक लाख ५७ हजारभन्दा धेरैको कोरोना बीमा गरेकोमा अहिलेसम्म झण्डै ३४ हजार जनाले भुक्तानीको लागि दाबी गरेका छन् ।  ३४ हजार दाबीमध्ये १७ हजार दुई सय ३५ जनाको मात्रै सबै कागजात मिलेको र बुधबारसम्ममा आठ हजार एक सय ४५ जनाले भुक्तानी पाइसकेका समितिले जनाएको छ ।

    सबै कागजात पूरा भए पनि नाै हजार ९० जनाको भुक्तानी गर्न बाँकी रहेको छ । १७ हजार दुई सय ३५ जनाको कागजातमध्ये चार हजार एक सय ५२ जनाको विवरण प्रमाणीकरणको लागि स्वास्थ्य मन्त्रलयमा पठाएकोमा जम्मा दुई हजार चार सय ९३ जनाको मात्रै प्रमाणित भएर आएको बीमा समितिले जनाएको छ । 

    कागजात नपुगेका ११ सय ३६ वटा दाबीलाई फेरि निर्जीवन बीमा कम्पनीमै फिर्ता गरिएको छ । 


    बिहिवार, मंसिर २५ २०७७०३:२२:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij