Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के कुरा भयो ?

ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के कुरा भयो ?

  • बुधवार, मंसिर २४ २०७७

  • 1.3K
    SHARES

  • ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के कुरा भयो ?

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ ।

    प्रधानमन्त्रीसमेत रहेका ओलीलाई भेट्न प्रचण्ड साढे ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेको उहाँको सचिवालयले जनाएको छ ।

    भेटमा दुई अध्यक्षले पार्टी सचिवालयमा पेश गरेको प्रस्तावबारे छलफल भए पनि कुनै ठोस निष्कर्ष ननिस्किएको स्रोतले बताएको छ ।

    दुई अध्यक्षले सचिवालयमा छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेश गरेपछि अहिले नेकपा विवाद उत्कर्षमा पुगेको छ ।

    ओलीको अनुपस्थितिका बीच प्रचण्डले मंसिर २१ गते स्थायी कमिटी बैठक सञ्चालन गर्नुभएको थियो । स्थायी कमिटीकै अर्को बैठक मंसिर २८ गतेका लागि बोलाइएको छ । पछिल्लो समयमा दुई नेताबीच भेटघाटसमेत पातलिएको छ ।


    बुधवार, मंसिर २४ २०७७०२:३८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij