Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आज थप १ हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

आज थप १ हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

  • मंगलवार, मंसिर २३ २०७७

  • 1.1K
    SHARES

  • आज थप १ हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२ हजार ६८६ रहेको छ ।

    पछिल्लो २४ घण्टामा थप १६२१ जना कोरोना संक्रमणमुक्त भएसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २९ हजार ५४ पुगेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६३७ पुगेको छ ।


    मंगलवार, मंसिर २३ २०७७०४:२९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij