Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कसले गर्यो मोरङमा शिक्षकको हत्या ? यस्तो देखाउँछ प्रारम्भिक अनुसन्धानले !

कसले गर्यो मोरङमा शिक्षकको हत्या ? यस्तो देखाउँछ प्रारम्भिक अनुसन्धानले !

  • मंगलवार, मंसिर २३ २०७७

  • 1.4K
    SHARES

  • कसले गर्यो मोरङमा शिक्षकको हत्या ? यस्तो देखाउँछ प्रारम्भिक अनुसन्धानले !

    काठमाडौं । मोरङमा एक शिक्षकको गोली हानी हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डिएसपी) लोकदर्शन थापाले मिक्लाजुङ गाउँपालिकाका –१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको जानकारी दिनुभयो ।

    डिएसपी थापाले घटनाबारे थप विवरण आउन बाँकी रहेको जानकारी दिनुभएको छ । उहाँका अनुसार अहिले प्रहरी टोली घटनास्थलमा जाँदै छ ।
    ‘प्रारम्भिक जानकारीअनुसार शिक्षक श्रेष्ठको हत्यामा विप्लव समूहको संलग्नता आशंका गरिएको छ’, उहाँले भन्नुभयो ।

    ५४ वर्षीय शिक्षक श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको बताइएको छ । प्रहरीकाअनुसार आज बिहान साढे ५ बजेतिर उहाँ अपहरणमा परेको खबर प्रहरीमा पुगेको थियो । लगत्तै उहाँको खोजी कार्यमा प्रहरी परिचालन भएकोमा शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

     


    मंगलवार, मंसिर २३ २०७७१२:३१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij