Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप १ हजार ९६ जना कोरोना संक्रमण पुष्टि, संक्रमित थप

थप १ हजार ९६ जना कोरोना संक्रमण पुष्टि, संक्रमित थप

  • आइतवार, मंसिर २१ २०७७

  • 1.2K
    SHARES

  • थप १ हजार ९६ जना कोरोना संक्रमण पुष्टि, संक्रमित  थप

    काठमाडौँ l  पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।  

    देशभरी सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् ।

    मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ८४ हजार ५१९ परीक्षणहरु गरिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ७५२ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् ।

    नेपालमा योसँगै निको हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५९४ पुगेको छ ।



    आइतवार, मंसिर २१ २०७७०४:३५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij