काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् ।
सचिवालय बैठक बस्नुअघि दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा पार्टीको आन्तरिक विवाद समाधानबारे छलफल हुने बताइएको छ ।
सचिवालय वैठकमा ओली र प्रचण्डले फरक–फरक राजनीतिक प्रस्ताव पेश गरेपछि दुई अध्यक्ष आरोप–प्रत्यारोपमा उत्रिएका थिए । उनीहरु कात्तिक २५ पछि पहिलोपटक ‘वान टु वान’मा बसेका हुन् ।
२६ दिनपछि दुई अध्यक्ष अनौपचारिक छलफलमा बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुुभयो । अहिले १ बजेका लागि सचिवालय बैठक तय गरिएको छ ।