Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसद्वारा लोकतान्त्रिक सहकार्यमा जोड, राजनीतिक भिन्नताबीच सकारात्मक सन्देशः विश्लेषक तिवारी

कांग्रेसद्वारा लोकतान्त्रिक सहकार्यमा जोड, राजनीतिक भिन्नताबीच सकारात्मक सन्देशः विश्लेषक तिवारी

  • सोमवार, आषाढ ८ २०८३

  • 218
    SHARES

  • कांग्रेसद्वारा लोकतान्त्रिक सहकार्यमा जोड, राजनीतिक भिन्नताबीच सकारात्मक सन्देशः विश्लेषक तिवारी

    काठमाडौं । राजनीतिक विश्लेषक शंकर तिवारीले नेपाली कांग्रेसले लोकतन्त्रको पक्षमा सधैँ सौहार्दपूर्ण व्यवहार प्रदर्शन गर्दै आएको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुराकानी गर्दै तिवारीले सो धारणा राख्नुभएको हो।विश्लेषक तिवारीका अनुसार राजनीतिक विचार र सिद्धान्त फरक हुनु स्वाभाविक प्रक्रिया हो। यसैकारण दलहरू संसद्मा सत्तापक्ष र प्रतिपक्षको फरक–फरक भूमिकामा देखिन्छन्। तर, विचारमा भिन्नता भए तापनि राष्ट्रिय र लोकतान्त्रिक मुद्दामा दलहरूबीच सहकार्य हुनु जरुरी रहेको उहाँले औंल्याउनुभयो।विशेषगरी सरकारको नेतृत्व गरिरहेको दलको महत्त्वपूर्ण उत्सव वा ऐतिहासिक दिनमा प्रतिपक्षी दलका नेताहरूको उपस्थिति हुनुले मुलुकको राजनीतिमा सकारात्मक सन्देश प्रवाह गरेको तिवारीको विश्लेषण छ। यो सहकार्यले नेपाली राजनीतिमा प्रतिशोधको भावना कम गर्न र स्वस्थ लोकतान्त्रिक संस्कारको विकास गर्न ठूलो मद्दत पुग्ने उहाँले स्पष्ट पार्नुभयो। यस्ता कदमले दलीय स्वार्थभन्दा माथि उठेर लोकतन्त्रको सुदृढीकरणका लागि सबै राजनीतिक शक्ति एक ठाउँमा उभिन सक्छन् भन्ने विश्वास जनतामा जगाएको तिवारीको तर्क छ।


    सोमवार, आषाढ ८ २०८३०८:२५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij