Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

दरबार हत्याकाण्ड ब्युँताउने प्रयास राजनीतिक पूर्वाग्रहप्रेरितः पूर्वडीआईजी हेमन्त मल्ल

दरबार हत्याकाण्ड ब्युँताउने प्रयास राजनीतिक पूर्वाग्रहप्रेरितः पूर्वडीआईजी हेमन्त मल्ल

  • बिहिवार, जेठ २८ २०८३

  • 224
    SHARES

  • दरबार हत्याकाण्ड ब्युँताउने प्रयास राजनीतिक पूर्वाग्रहप्रेरितः पूर्वडीआईजी हेमन्त मल्ल

    काठमाडौं। नेपाल प्रहरीका पूर्वडीआईजी तथा सुरक्षा विज्ञ हेमन्त मल्लले दरबार हत्याकाण्डको अनुसन्धान गर्ने भनी वर्तमान सरकार र गृहमन्त्रीबाट आएका अभिव्यक्तिहरू राजनीतिक पूर्वाग्रहप्रेरित भएको आशंका व्यक्त गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुरा गर्दै उहाँले परिपक्व निर्णयको अभावमा सरकारप्रति संशय पैदा भएको बताउनुभयो।

    विज्ञ मल्लले सुदन गुरुङको घटना छानबिनका लागि गठित समितिलाई ’नाम मात्रको र चोख्याउने खेल’ को संज्ञा दिनुभयो। गृहमन्त्रीका पछिल्ला घृणापूर्ण र धम्कीपूर्ण अभिव्यक्तिहरूले समाजमा सकारात्मक नतिजा नदिने उहाँको तर्क छ। दरबार हत्याकाण्डको सन्दर्भमा फरेन्सिक जाँच र वस्तुनिष्ठ मुचुल्काजस्ता प्राविधिक प्रमाणको अभावमा अहिले १० जना साक्षी राखे १० वटै फरक कुरा आउने दाबी उहाँले गर्नुभयो। पूर्वाग्रहरहित अनुसन्धानले इतिहासमा राम्रो छाप छाड्ने भए पनि गलत नियतले गरिने प्रचारले जनतामा भ्रम मात्र फैलाउने उहाँको चेतावनी छ।


    बिहिवार, जेठ २८ २०८३०९:५२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij