Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिवेदनमा नाम आउँदैमा कोही कारबाहीको भागीदार हुँदैन, अनुसन्धानका लागि तयार छुः रास्वपा सांसद खत्री

प्रतिवेदनमा नाम आउँदैमा कोही कारबाहीको भागीदार हुँदैन, अनुसन्धानका लागि तयार छुः रास्वपा सांसद खत्री

  • बिहिवार, जेठ १४ २०८३

  • 219
    SHARES

  • प्रतिवेदनमा नाम आउँदैमा कोही कारबाहीको भागीदार हुँदैन, अनुसन्धानका लागि तयार छुः रास्वपा सांसद खत्री

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा नाम समेटिँदैमा कोही पनि व्यक्ति कारबाहीको भागीदार नहुने बताउनुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुराकानी गर्दै उहाँले यो प्रतिवेदन केवल एक सूक्ष्म अनुसन्धानको विवरण मात्र भएको र यसमा कारबाहीका लागि पर्याप्त प्रमाण नपुग्ने दाबी गर्नुभयो ।

    सांसद खत्रीले प्रतिवेदनमा पार्टी सभापतिलाई ’जेलको कैदी भयो’ भनेर कतै पनि उल्लेख नगरिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अनुसन्धानको दायरामा जो कोही पनि आउन सक्छ। तर, आगामी प्रक्रिया बलियो प्रमाणका आधारमा मात्र अघि बढ्छ। यो प्रतिवेदन केवल सूक्ष्म विवरणहरूको संग्रह मात्र हो । “आफ्नो सन्दर्भ जोड्दै सांसद खत्रीले आफूले ’जेन जी’ आन्दोलन र प्रदर्शनलाई नैतिक समर्थन गरेको स्वीकार गर्नुभयो ।

    आन्दोलनका विषयमा थोरै मात्र जोडिएका व्यक्तिहरू पनि अहिले शंकाको घेरामा परेको उल्लेख गर्दै उहाँले आयोगले तयार पारेको प्रतिवेदन प्रमाणरहित रहेको टिप्पणी गर्नुभयो । यद्यपि, उहाँले आफू अनुसन्धानका लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो । मानव अधिकार आयोगको यो प्रतिवेदन कुन रूपबाट, कसरी र कुन उद्देश्यले आएको हो भन्ने कुराको चुरो बुझ्न आवश्यक रहेको उहाँको भनाइ छ ।

     


    बिहिवार, जेठ १४ २०८३०९:३४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij