Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बुधबार थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाभत्रिका २३ जना

बुधबार थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाभत्रिका २३ जना

  • बुधवार, आषाढ २४ २०७७

  • 875
    SHARES

  • बुधबार थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाभत्रिका २३ जना

    काठमाडौं । काठमाडौं उपत्यकामा २३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    प्रवक्ता गौमतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ६ जना र पाटन अस्पतालको प्रयोगशालामा १० जना गरी काठमाडौं जिल्लाका कुल १६ जनामा संक्रमण देखिएकोछ । यस्तै पाटन अस्पतालमै गरिएको परीक्षणमा ललितपुरका ७ जनामा पनि कोरोना देखिएको उहाँले जानकारी दिनुभयो । 

    त्यसैगरी देशभरका ७७ जिल्लामा फैलिएको कोरोना संक्रमण पाँच जिल्लामा संक्रमण शून्य देखिएको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्लामा संक्रमण शून्य देखिएको हो ।


    बुधवार, आषाढ २४ २०७७०४:५२:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij