काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिबारे प्रश्न उठेपछि जवाफ दिनुभएको छ। उहाँले सरकारमा आउनुअघि विनाभ्रष्टाचार कमाउनु पाप नरहेको बताउनुभएको हो ।
‘सरकारमा आउनुअघि विनाभ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो चेतना भया’, गृहमन्त्री गुरुङले सोमबार सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा लेख्नुभएको छ ।
गृहमन्त्री गुरुङले कोही ‘जन्मिँदै गरिब जन्मिनु गल्ती नभएको तर मर्दा गरिब मर्नु गल्ती’ भएको टिप्पणी समेत गर्नुभएको छ । आइतबार प्रधानमन्त्री बालेनसहित सरकारका सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको थियो । जसअनुसार गृहमन्त्री गुरुङसँग ६१ लाख बढी रकम मौज्दात रहेको छ ।