Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोरोना अपडेट : थप २५५ जनामा संक्रमण पुष्टि, २५३ जना डिस्चार्ज

कोरोना अपडेट : थप २५५ जनामा संक्रमण पुष्टि, २५३ जना डिस्चार्ज

  • बुधवार, आषाढ २४ २०७७

  • 689
    SHARES

  • कोरोना अपडेट : थप २५५ जनामा संक्रमण पुष्टि, २५३ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै संक्रमितको कूल संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

    बुधबार ४ हजार ६ सय ९६ जनाको आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा २ सय ५५ जना संक्रमित भेटिएका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

    त्यस्तै बुधबार २ सय ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ७ हजार ७ सय ५२ पुगेको छ ।

    कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ । नेपालमा हाल ८ हजार ६ सय ३६ जना कोरोना संक्रमित उपचारका लागि आइसोलेशनमा रहेका छन् ।


    बुधवार, आषाढ २४ २०७७०४:३४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij