Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुनको मूल्य तोलामा १६०० रुपैयाँले वृद्धि

सुनको मूल्य तोलामा १६०० रुपैयाँले वृद्धि

  • बिहिवार, मंसिर १८ २०७७

  • 1.5K
    SHARES

  • सुनको मूल्य तोलामा १६०० रुपैयाँले वृद्धि

    नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले उकालो लागेको छ । बुधबारका तुलनामा बिहीबार छापावाला सुन प्रतितोला १ हजार ६०० ले वृद्धि भई ९२ हजार ६०० रुपैयाँ प्रतितोला कायम भएको छ ।

    बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ थियो । यस्तै, तेजाबी सुन पनि तोलामा १ हजार ६०० रुपैयाँले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    बुधबार प्रतितोला ९० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।

    यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु २० ले वृद्धि भएको छ । प्रतितोला रु एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २०५ मा खरीदबिक्री भएको छ ।


    बिहिवार, मंसिर १८ २०७७११:२८:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij