काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
यसैगरि , देशभर थप १४ सय ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३०० जनाको कोरोना परीक्षण हुँदा महिला ५ सय ६५ र पुरुष ९ सय २५ जनासहित थप १४ सय ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
यस्तै , यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ३६ हजार २४६ र निको हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै मृतकको कुल संख्या १५३८ पुगेको छ । यसैबीच देशभर सक्रिय संक्रमित १६ हजार ४५७ जना रहेका छन् भने हालसम्म कोरोना निको हुने दर ९२.३ प्रतिशत रहेको छ ।
यसैबिच , काठमाडौं उपत्यकामा थप ७ सय २३ जनामा संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंमा ५३१, भक्तपुरमा ५८ र ललितपुरमा ६१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुुभएको छ ।
देशभर क्वारेन्टिनमा ६०५ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ५ हजार ६०८ र होम आइसोलेसनमा १० हजार ७४१ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३६५ जनाको आइसीयू र ६४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।