काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अवश्यक सबै तयारी पूरा भएको छ। राष्ट्रिय सभामा आगामी फागुन २१ गते कार्यकाल सकिन लागेका १८ जना सदस्यका लागी भोली निर्वाचन हुँदैछ। उक्त निर्वाचनको मतदानका लागि निर्वाचन आयोगले आवश्यक सबै तयारी पुरा गरेको जनाएको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान भोली आइतबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने आयोगले जनाएको छ। त्यसका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायत सबै कार्य सकिएको छ भने मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ।
भोली १८ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन गर्न लागिएकोमा एकजना नेपाली कांग्रेसका सुनीलबहादुर थापा भने निर्विरोध निर्वाचित भइसक्नुभएको छ। अब बाँकी १७ जनाका लागि सातै प्रदेश राजधानीमा मतदान गर्ने कार्यक्रम छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ।
केही प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षले राजीनामा दिई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेकाले मतदाता नामावलीबाट तिनको नाम हटाइएको छ। नेपालको संविधानअनुसार माथिल्लो सदन भनिने राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट समानुपातिक आधारमा ८ जना गरी ५६ जना तथा राष्ट्रपतिबाट मनोनीत १ महिला सहित ३ जना गरी ५९ जना रहने व्यवस्था छ। जसमा राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने व्यवस्था छ।
त्यसमध्ये एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने गर्छ। यही व्यवस्था अनुरूप आगामी फागुन २० गते १९ जना सदस्यको कार्यकाल सकिँदैछ। त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत सांसद छन्। यसपटक कोशी प्रदेशबाट तीन, मधेसबाट चार,बागमती र गण्डकीबाट दुई–दुई, लुम्बिनीबाट तीन तथा कर्णाली र सुदूरपश्चिमबाट दुई–दुई सदस्यका लागि निर्वाचन हुँदैछ।
यो निर्वाचनका मतदाता प्रदेश सभा सदस्यहरु र स्थानिय तहका पदाधीकारी रहने गर्दछन्। आयोगले यसअघी नै प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ निर्धारण गरिसकेको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार भोली आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा मतदाताहरुले भोट हाल्ने व्यबस्था मिलाईएको छ। त्यसका लागि आवश्यक सबै तयारी पूरा भएको सहायक प्रवक्ता जिसीले बताउनुभयो।
राष्ट्रिय सभा सदस्य निर्वाचनको भोली साँझसम्म नै मतगणना सकेर मतपरिणाम सार्वजनिक गर्ने पनि आयोगको लक्ष्य छ। सहायक प्रवक्ता जिसीका अनुसार तीन बजेसम्म मात्रै मतदान हुने र मतदाता पनि कम रहेकोले साँझसम्म मतपरिणाम सार्वजनिक गर्नेगरी सम्बन्धीत निर्वाचन अधिकृतको कार्यालयले तयारी अगाडि बढाएका छन्।
मुलतः राष्ट्रियसभालाई दिग्गज र विशेषज्ञहरूको सदन अर्थात अनुभवी तथा पाको सदनको रुपमा लिने गरिन्छ। किनकी संविधानले नै स्थायी सदन र समानुपातिक प्रणाली र सबैको प्रतिनिधित्वका लागि यो सदनलाई व्याख्या गरेको छ। तर, राजनैतिक दलहरुले भने आफू अनुकूल व्याख्या र प्रयोग गर्दै स्वार्थ केन्द्रित व्यक्ति ल्याउने परम्परा बसाउँदा राष्ट्रिय सभा सदनको गरिमा र औचित्यमाथि नै प्रश्न चिन्ह खडा भैरहेको छ।
यसलाई राष्ट्रिय सभाको मर्म पनि जोगाउन नसकेको भन्दै विज्ञ तथा जानकारहरुले पनि चिन्ता व्यक्त गर्न थालेका छन्। राजनैतिक विश्लेषक डा.गंगाधर अधिकारीले विज्ञहरुको थलो राष्ट्रिय सभालाई व्यवस्थीत र मर्यादित बनाउनुपर्नेमा राजनैतिक दलहरुले दुरुपयोग गरेर आसेपासे र पहुँचवालाहरुलाई व्यवस्थापन गर्ने थलो बनाएको टिप्पणी गर्नुभयो। प्रतिनिधि सभासँगै सिँगो देशलाई नै मार्गदर्शन दिनसक्ने विषय विज्ञहरुको थलो राष्ट्रिय सभालाई मर्म र भावना अनुरुपको व्यवस्थीत र गरिमामय बनाउनुपर्ने बताउनुभयो।
नेपालको संविधानले प्रतिनिधि सभा र राष्ट्रिय सभालाई सङ्घीय व्यवस्थापिकाको व्यवस्था गरी यसलाई सङ्घीय संसद्को रूपमा नामकरण गरेको छ। प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक प्रणाली बमोजिम ११० गरी कुल २७५ जना र राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट समानुपातिक आधारमा ८ जना गरी ५६ जना तथा राष्ट्रपतिबाट मनोनीत १ महिला सहित ३ जना गरी ५९ जना रहने व्यवस्था रहेको छ। जसमा राष्ट्रिय सभाका सदस्यको पदावधि ६ वर्षको हुने व्यवस्था छ।
त्यसमध्ये एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने गर्छ। यही व्यवस्था अनुरूप आगामी फागुन २० गते १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल सकिँदैछ। त्यसमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत सांसद छन्। बाँकी १८पदका लागि हुन लागेको निर्वाचनमा ४४ जनाले उम्मेदवारी दिएका छन्।
राष्ट्रिय सभालाई संविधानले नै स्थायी सदन र समानुपातिक प्रणाली र सबैको प्रतिनिधित्वका लागि यो सदनलाई व्याख्या गरेको छ। तर, राजनैतिक दलहरुले भने आफू अनुकूल व्याख्या र प्रयोग गर्दै स्वार्थ केन्द्रित व्यक्ति ल्याउने परम्परा बसाउँदा सदनको गरिमा र औचित्यमाथि नै प्रश्न चिन्ह खडा भएको छ।
जनप्रतिनिधिको समेत आवाज उठान गर्ने संस्था राष्ट्रियसभाको गरिमा र औचित्यलाई दलहरुले समयमै ख्याल गरी मर्मअनुसार व्याख्या र सञ्चालन गर्न आवश्यक छ।