Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीबिनै सचिवालय बैठक राख्ने प्रचण्डपक्षको तयारी

ओलीबिनै सचिवालय बैठक राख्ने प्रचण्डपक्षको तयारी

  • बुधवार, मंसिर १७ २०७७

  • 1.0K
    SHARES

  • ओलीबिनै सचिवालय बैठक राख्ने प्रचण्डपक्षको तयारी

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बसेको सचिवालय बैठकको सुखद सुरुवात भए पनि अन्त्य भने दुःखद रह्यो । बैठकको सुरुमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाउन केक काटियो । धेरै नेताले उनलाई जन्मदिनको शुभकामना दिए । यसले बैठक सौहार्दपूर्ण वातावरणमा हुने आंकलन गरिएको थियो । यद्यपि, त्यस्तो हुन सकेन ।

    बैठकमा भनाभन भएपछि आजका लागि तय भएको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओली सहभागी होलान् कि नहोलन् भन्ने सो पार्टीका नेता कार्यकर्तामा चासो बढेको छ ।

    प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रचण्डको प्रतिवेदनलाई लिएर मंगलबारको बैठकमा भनाभन भएको थियो । प्रचण्डको प्रस्तावमाथि छलफल हुन नसक्ने, प्रचण्डले माफी माग्नुपर्ने, अल्पमत र बहुमत नमान्ने र बुधबारको बैठकमा आफू नआउने ओलीले मङ्गलबारै संकेत गरेका थिए ।

    तर अरु नेताहरुले ओलीको भनाइको प्रतिवाद गर्दै अनौपचारिक सम्वादसँगै औपचारिक छलफल नरोक्ने अडान लिएका थिए । सोहीअनुसार बुधबार दिउँसो १ बजे बैठक बस्नेगरी बैठकले निर्णय गरेको थियो ।

    तर बुधबार बिहान साढे १० बजेसम्म पनि नेताहरुबीच कुनै अनौपचारिक छलफल नभएको ओली र प्रचण्डको सचिवालयले जनाएका छन् । यसैबीच आजका लागि पूर्वनिर्धारित बैठक नरोकिने प्रचण्डपक्षले जानकारी दिएको छ ।

    अध्यक्ष ओली बैठकमा नआएको खण्डमा सो बैठक भने अनौपचारिक हुनेछ ।


    बुधवार, मंसिर १७ २०७७११:२२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij