Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने अर्थमन्त्री खनालको दाबी

प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने अर्थमन्त्री खनालको दाबी

  • शनिवार, पौष १२ २०८२

  • 428
    SHARES

  • प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने अर्थमन्त्री खनालको दाबी

    काठमाडौं । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा उनले निर्वाचन गराउन सरकार पूर्ण रूपमा तयार रहेको बताए ।

    उनले वर्तमान सरकार जेनजी आन्दोलनपछि बनेको उल्लेख गर्दै यसको प्रमुख दायित्व निर्वाचन सम्पन्न गराउनु रहेको बताए । निर्वाचनपछि देशको अर्थतन्त्र पनि क्रमशः लयमा फर्किने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा अस्पतालको ४७ वर्षदेखि रोकिएको जग्गा दर्ता प्रक्रिया हालै सम्पन्न भएको उल्लेख गर्दै उनले जेनजी आन्दोलनपछि बनेको सरकारले ४७ दिनमै एक करोड २४ लाख रुपैयाँ लाभकर मिनाहा गरी दाता मुरारका र शारडा परिवारको चाहना पूरा गरेको बताए ।

    दाता परिवारका तर्फबाट मुरारीलाल मुरारका र पवनकुमार शारडाले वर्तमान सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले गरेको पहलबाट ४७ वर्षमा हुन नसकेको कार्य भएकोमा सरकारलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, दाता परिवारका प्रतिनिधि, उद्योगी–व्यापारी तथा अस्पताल व्यवस्थापनका पदाधिकारीको उपस्थिति थियो ।


    शनिवार, पौष १२ २०८२०७:११:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij