Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशमा थपिए २० जना कोरोना संक्रमित, १६ जना डिस्चार्ज

कर्णाली प्रदेशमा थपिए २० जना कोरोना संक्रमित, १६ जना डिस्चार्ज

  • बुधवार, आषाढ २४ २०७७

  • 1.0K
    SHARES

  • कर्णाली प्रदेशमा थपिए २० जना कोरोना संक्रमित, १६ जना डिस्चार्ज

    सुर्खेत । कर्णाली प्रदेशमा थप २० जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणबाट थप २० जनामा संक्रमण पुष्टि भएको हो ।

    सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका पाँचजना र मुगुका दुईजना रहेका छन् ।
    सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्बर ४, ६, ७, ९, १०, १२ का चारजना महिलासहित ११ जना र बराहताल गाउँपालिका र लेकबेसी नगरपालिकाका एक एकजना पुरुष रहेका छन् ।

    दैलेखको नौमुले गाउँपालिका वडानम्बर १ र ६ का तीनजना पुरुष र दुल्लु नगरपालिका वडानम्बर ४ र १२ का दुईजना पुरुष रहेका छन् ।
    दुईजना युवक भने मुगुको खत्याड गाउँपालिका ७ का हुन् । यससँग कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ५५० पुगेको छ ।

    यस्तै, पछिल्लो २४ घण्टामा कर्णालीमा १६ जना डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १२९१ पुगेको छ । २५३ जना आइसोलेनमा छन् भने ६ जनाको मृत्यु भएको छ ।


    बुधवार, आषाढ २४ २०७७०४:१२:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij