Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख १६ हजार नाघ्यो, सक्रिय संक्रमित कति ?

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख १६ हजार नाघ्यो, सक्रिय संक्रमित कति ?

  • मंगलवार, मंसिर १६ २०७७

  • 776
    SHARES

  • नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख १६ हजार नाघ्यो, सक्रिय संक्रमित कति ?

    काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट निको हुनेको संख्या २ लाख १६ हजार नाघेको छ ।  आज थप २ हजार ७३ जना संक्रमित डिस्चार्ज भएसंगै संक्रमणबाट निको हुनेको कुल संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै आज १३ सय ४ जनामा संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।

    हालसम्म देशभर संक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ । उनीहरुमध्ये १० हजार ९९८ होम आइसोलेसनमा छन् भने ३७० जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    यस्तै आज थप २१ जना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ५२९ पुगेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार आज थपिनेमा काठमाडौं उपत्यकामा ५३० संक्रमित छन्, जसमध्ये काठमाडौंका ४०९ जना, ललितपुरका ८५ जना र भक्तपुरका ३६ जना छन् ।

    कास्कीका १०० जना, झापाका ६८, मोरङका ६२, सुनसरीका ५२, रुपन्देहीका ४५, काभ्रेका ४०, बाँकेका ३०, मकवानपुरका २९, चितवनका २२, बर्दिया र अछामका १९–१९ जना, बैतडीका १८, नवलपुरका १५, धनुषा, पाल्पा र कञ्चनपुरका १४–१४ जना, बाग्लुुङका १३, डडेलधुराका १२, इलाम, सिन्धुपाल्चोक, स्याङ्जा र कैलालीका ११–११ जना, तनहुँ र बझाङका १०–१० जना तथा सप्तरी, कपिलवस्तु र गुल्मीका ९–९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    धादिङ र अर्घाखाँचीका ८–८ जना, नवलपरासी र बाजुराका ६–६ जना, सिराहाका ५, ओखलढुंगा, बारा, सर्लाही, रामेछाप, लमजुङ, दाङ र प्युठानका ४–४ जना, पर्सा, महोत्तरी, रौतहट र गोरखाका ३–३ जना, उदयपुर, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, दोलखा, सिन्धुली र मुस्ताङका २–२ जना तथा पाँचथर, नुवाकोट, पर्वत, म्याग्दी, रोल्पा, डोटी र दार्चुलाका १–१ जनामा संक्रमण देखिएको छ ।


    मंगलवार, मंसिर १६ २०७७०६:३८:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij