Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

४ सय ३३ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

४ सय ३३ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

  • मंगलवार, मंसिर १६ २०७७

  • 1.1K
    SHARES

  • ४ सय ३३ संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ३३ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु÷र भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

    देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको हो ।मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र ३ सय ७० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

    आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ४२ जना आइसियु र ३२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ७२ जना आइसियु र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४६ जना आइसियु र ११ जना भेन्टिलेटरमा र प्रदेश २ मा ५ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

    त्यस्तै सुदुरपश्चिममा ७ आइसियु र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ आइसियु र १३ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्।

    नेपालमा २ लाख ३४ हजार ७ सय ५६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये २ लाख १६ हजार ५ सय ९४ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार ५ सय २९ जनाको मृत्यु भएको छ।

     


    मंगलवार, मंसिर १६ २०७७०४:४३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij