Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

निजी क्षेत्र हतोत्साहित नहुनु, राज्य तपाईंहरुको साथमा छ : राष्ट्रपति

निजी क्षेत्र हतोत्साहित नहुनु, राज्य तपाईंहरुको साथमा छ : राष्ट्रपति

आन्दोलनका नाममा हुने गलत घुसपैठ नियन्त्रण आवश्यक
  • शुक्रवार, मंसिर ५ २०८२

  • 860
    SHARES

  • निजी क्षेत्र हतोत्साहित नहुनु, राज्य तपाईंहरुको साथमा छ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व, सुशासन र शान्ति सुरक्षा कायम गरि लगानीमैत्री वातावरण निर्माण गर्नु आजको आवश्यक्ता भएको बताउनु भएको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघ सहित निजी क्षेत्रका प्रमुख तथा प्रतिनिधहरुसंग आज शीतल निवासमा भएको भेटवार्ताका अवसरमा बोल्दै राष्ट्रपति पौडेलले लगानीकर्ताको मनोबल घट्नु अर्थतन्त्रका लागि चिन्ताजनक विषय भएको उल्लेख गर्दै आम नागरिक र निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिनु राज्यको दायित्व भएको बताउनु भयो ।

    “भाद्र २३ र २४ गते जुन घटना भयो । राष्ट्रिय तथा निजी सम्पत्ती माथी आगजनी र तोडफोड भयो । जनधनको ठुलो क्षति पुग्यो । यो दुःखद छ । राष्ट्रपति पौडेलले भन्नुभयो , तर म उद्योगी व्यवसायीहरुलाई हतोत्साहित नहुन आग्रह गर्दछु । राज्य तपाईंहरुको साथमा छ । ” उहाँले देशको अर्थतन्त्रको प्रमुख आधार निजी क्षेत्र भएको उल्लेख गर्दै औद्योगिक तथा व्यवसायिक विकास विना देशको आर्थिक विकास र समृद्धि सम्भव नभएको धारणा राख्नुभयो । “कठिन परस्थितीमा पनि तपाईंहरुले देखाएको साहस र धैर्य साच्चिकै सराहनीय छ । शान्ति सुरक्षा कायम राख्दै लगानीको वातावरण बनाउनै पर्दछ । म सरकारलाई त्यो वातावरण निर्माण गर्न आग्रह गर्दछु । ” राष्ट्रपति पौडेलले भन्नु भयो ।

    भेटवार्ताका क्रममा निजी क्षेत्रले आन्दोलनका नाममा हुने गलत घुसपैठ नियन्त्रण आवश्यक भएकोमा जोड दिएको छ । उनीहरुले दण्डहनिताको अन्त्य शान्ति, स्थायित्व र लगानीको वातावरण सिर्जना गर्नु पर्ने बताए । साथै उनीहरुले आसन्न निर्वाचन समयमा नै सम्पन्न हुनु पर्ने र निर्वाचनको लागि निजी क्षेत्रको साथ सहयोग रहने धारणा राखेका थिए ।

    सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भदौ २३ र २४ गतेको आन्दोलनका नाममा भएको गलत घुसपैठले सार्वजनिक–निजी सम्पत्तिमाथि ठूलो क्षति भएको उल्लेख गर्दै घटनामा संलग्नहरुमाथी कारबाही हुनुपर्ने बताउनु भयो ।

    “जेनजी आन्दोलनमा उठेका सुशासन, पारदर्शिताका एजेण्डाहरु महासंघले उठाउँदै आएका एजेण्डाहरु हुन् । यद्यपी पछिल्लो जेनजी आन्दोलन र त्यसक्रममा भएका घुसपैठले निजी उद्योग प्रतिष्ठानहरुमा ठूलो क्षति भएको छ । उहाँले भन्नुभयो ।आम नागरिक र उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको अवस्था छ । यो अवस्थामा आम नागरिक र उद्योगी व्यवसायीहरुले सुरक्षित महसुस गर्न सुक्नु पर्दछ । औद्योगिक सुरक्षा र स्थायित्वका लागि कानुनी राज्यको प्रत्याभूति दिलाउनु आवश्यक छ । यदी दण्डहीनताले प्रसय पाएको खण्डमा भोलीको स्थिती थप गम्भीर बन्न सक्छ । ”

    अध्यक्ष ढकालले निजी क्षेत्रलाई राष्ट्रको आर्थिक मेरुदण्डको रूपमा बुझ्नुपर्ने आवश्यकता औँल्याउँदै औद्योगिक सुरक्षा, कानुनी प्रत्याभूतिको सुनिश्चितता र प्रभावकारी कार्यान्वयन प्रक्रियाको माग समेत गर्नु भयो ।

    महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले घटनाका दोषीहरूमाथिको जाहेरी दर्ता नलिने र कारबाहीमा उदासीनता देखिए दण्डहीनता बढन गई लगानीको वातावरणलाई गम्भीर असर पर्ने र आउने दिनमा फेरि यस्ता घटना दोहोरिन सक्ने जोखिम कायम रहने बताउनु भयो ।

    नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले २३ र २४ को घटनाले व्यवसायीहरुमा आत्मबल कमजोर भएको उल्लेख गर्दै शान्ति सुरक्षाको प्रत्याभूति पहिलो प्राथमिकता भएको बताउनु भयो ।

    नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले शान्ति सुरक्षा विना स्थायित्व कायम नहुने र स्थायित्व वीना आर्थिक गतिविधी चलायमान नहुने हुनाले व्यक्तिगत र औद्योगिक शान्ति सुरक्षाको कायम राख्न राज्य संयन्त्र गम्भीर बन्नु पर्ने धारणा राख्नुभयो ।

    सो अवसरमा महासंघका उपाध्यक्षहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, कोषाध्यक्ष भरतराज आचार्य होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाह, व्यवसायीहरु मिन बहादुर गुरुङ, निर्वाण चोधरी र साहिल अग्रवाल लगायतका उद्योगी व्यवसायीहरुको सहभागिता थियो ।


    शुक्रवार, मंसिर ५ २०८२०८:२३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij