Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा बैठक धुम्बाराहीबाट फेरि किन बालुवाटार सारियो ?

नेकपा बैठक धुम्बाराहीबाट फेरि किन बालुवाटार सारियो ?

  • मंगलवार, मंसिर १६ २०७७

  • 1.1K
    SHARES

  • नेकपा बैठक धुम्बाराहीबाट फेरि किन बालुवाटार सारियो ?

    काठमाडौं । आज बस्न तय भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक धुम्बाराहीमा नबस्ने भएको छ । मंगलबार १ बजेका लागि बोलाइएको बैठक बालुवाटारमै बस्ने भएको हो ।

    यसअघि बसेको बैठकले आजको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । तर, मंगलबार बिहान बैठक स्थल पुनः प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार नै सारिएको हो ।

    बैठकस्थल किन सारिएको हो भन्नेबारे खुलाइएको छैन । यद्यपि, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपक्षले भने भित्रभित्रै असन्तुष्टि जनाएको छ । प्रचण्डपक्षीय एक सचिवालय सदस्यले प्रधानमन्त्रीको सरकारी निवासमा पार्टी बैठक बोलाएकोमा असन्तुष्टि पाखेका छन् ।

    ‘प्रधानमन्त्री निवासमा पार्टीका धेरै गतिविधि गर्नु उचित होइन । बालुवाटारमा बैठक सारेर पार्टीको शक्ति केन्द्र त्यही हो भन्ने जस्तो पार्न खोजियो’, नेपाली नेटवर्कसँग उनले भने ।

    यता, ओलीपक्षले भने ‘सुरक्षा थ्रेट’का कारण बैठक बालुवाटारमा सारिएको बताएको छ ।

    बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले प्रचण्डलाई जवाफ दिन यसअघि प्रस्तुत गरेको ३८ पृष्ठको दस्तावेजमाथि छलफल हुनेछ ।

    प्रचण्ड–माधव नेपाल समूहका ५ सचिवालय सदस्यले संयुक्तरुपमा जवाफ दिने तयारी रहेको खुमलटार स्रोतले जनाएको छ ।

     


    मंगलवार, मंसिर १६ २०७७१२:१४:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij