Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जेनजी आन्दोलनका क्रममा बैंकका ६१ वटा शाखामा क्षती र लुटपाट

जेनजी आन्दोलनका क्रममा बैंकका ६१ वटा शाखामा क्षती र लुटपाट

  • बुधवार, आश्विन १ २०८२

  • 460
    SHARES

  • जेनजी आन्दोलनका क्रममा बैंकका ६१ वटा शाखामा क्षती र लुटपाट

    काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोडको क्षति पुगेको छ । बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटिएको हो । आन्दोलनकारीले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा तोडफोड तथा आगजनी गरी ३६ करोड रुपैयाँ बराबरको सुन तथा नगद लुटेका हुन् ।

    बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बैंकको बानेश्वर शाखाबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ । ‘जेनजी आन्दोलनको नाममा भएको लुटपाट, तोडफोड र आगजनीबाट राष्ट्रिय वाणिज्य बैंकलाई सुन र नगदको क्षति भएको छ,’ रेग्मीले भन्नुभयो, ‘सुन तथा नगद गरेर ३८ करोड ४० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।’

    बुधबार कायम भएको सुनको मूल्यका आधारमा मूल्य निकालिएको हो । बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८५ हजार २ सय ७० रुपैयाँ कायम भएको छ । बैंकबाट आन्दोलनकारी ३३ करोड २४ लाख रुपैयाँ भन्दा धेरैको सुन नै लुटेको देखिन्छ । प्रदर्शनको क्रममा बैंकको बानेश्वर शाखासँगै भैरहवा भन्सार कार्यालयको शाखाबाट समेत नगद लुटिएको रेग्मीले बताउनुभयो ।

    ‘बानेश्वर शाखाको लकर सुरक्षि नै छ, त्यसबाहेक कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त छ,’ रेग्मीले भन्नुभयो,‘ भैरहवाको शाखाबाट करिब १५ देखि २० लाख रुपैयाँ लुटिएको भए पनि कार्यलयमा भने समान्य क्षति पुगेको छ ।’ बैंकबाट लुटिएको सुन धितोमा राखिएका गरगहना भएको उहाँले जानकारी दिनुभयो । प्रदर्शनको क्रममा बैंकको ढुकुटीमै पुगेर नगद र गरगहना चोरी भएको रेग्मीले बताउनुभयो ।


    बुधवार, आश्विन १ २०८२०५:२०:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij