Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जेन–जी आन्दोलन : दुई दर्जन होटलमा क्षति, करिब २५ अर्बको नोक्सानी

जेन–जी आन्दोलन : दुई दर्जन होटलमा क्षति, करिब २५ अर्बको नोक्सानी

  • शुक्रवार, भाद्र २७ २०८२

  • 757
    SHARES

  • जेन–जी आन्दोलन : दुई दर्जन होटलमा क्षति, करिब २५ अर्बको नोक्सानी

    काठमाडौं । जेन–जी आन्दोलनकारीले दुई दर्जन होटलमा क्षति पु¥याएका छन्। प्रदर्शनकारीले गरेको आन्दोलनको क्रममा देशभरका होटेलहरूमा ठूलो क्षति पुगेको हो ।

    प्रारम्भिक विवरण अनुसार दुई दर्जन होटलमा क्षति पुगेको होटल संघ नेपालले जनाएको छ । जसमा करिब २५ अर्बको नोक्सानी भएको संघले जनाएको छ ।

    प्रदर्शनकारीले काठमाडौं उपत्यकाका होटलसहित पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, तुल्सीपुर, महोत्तरीलगायत ठाउँमा सञ्चालनमा रहेका होटलहरुमा तोडफोड तथा आगजनी गरेका थिए ।

    एक वर्ष अघि मात्रै काठमाडौंमा सञ्चालन भएको हिल्टन होटलको मात्रै ८ अर्ब भन्दा बढीको क्षति भएको संघले जनाएको । यससँगै देशभर करिब २५ अर्ब भन्दा बढी आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको संघले जनाएको छ ।

    प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका होटलहरुमा काम गर्ने करिब दुई हजार कामदारको रोजीरोटी गुमेको प्रारम्भिक अनुमान गरिएको छ ।


    शुक्रवार, भाद्र २७ २०८२०३:२४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij