Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

उद्योगहरूले प्रयोग गरेको विद्युतको बक्यौता बर्षौसम्म नउठाएको भन्दै मन्त्री खड्काको आक्रोश, पाई–पाई हिसाब गरेर असुल गर्न प्राधिकरणलाई निर्देशन (खास खबर)

उद्योगहरूले प्रयोग गरेको विद्युतको बक्यौता बर्षौसम्म नउठाएको भन्दै मन्त्री खड्काको आक्रोश, पाई–पाई हिसाब गरेर असुल गर्न प्राधिकरणलाई निर्देशन (खास खबर)

  • आइतवार, भाद्र १ २०८२

  • 1.1K
    SHARES

  • उद्योगहरूले प्रयोग गरेको विद्युतको बक्यौता बर्षौसम्म नउठाएको भन्दै मन्त्री खड्काको आक्रोश, पाई–पाई हिसाब गरेर असुल गर्न प्राधिकरणलाई निर्देशन (खास खबर)

    काठमाडौं । नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुगेको छ । नेपाल विद्युत प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता ३५ सय मेगावाट नाघेको हो। नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो बार्षिकोत्सव मनाएको छ । 

    प्राधिकरणका अनुसार राष्ट्रिय प्रणालीमा विद्युत उपलब्धता १५ हजार ६४१ गिगावाट घण्टा पुगेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार राष्ट्रिय विद्युत प्रणालीमा नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीको योगदान ३४ प्रतिशत रहेको छ । 

    स्वतन्त्र विद्युत उत्पादकहरुको योगदान भने ५५ प्रतिशत रहेको देखिएको छ । ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको समेत प्राधिकरणले जनाएको छ । आर्थिक वर्ष २०८१-८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको साथै गत आर्थिक वर्षमा प्राधिकरणको प्रणालीमा कूल ४३४ मेगावाट थप भएको शाक्यले जानकारी दिनुभएको हो ।

    गत आर्थिक वर्षमा १७ अर्ब ४५ करोड रुपियाँको विद्युत् निर्यात गरेकोमा चालु आर्थिक वर्ष (२०८२÷८३) को अन्त्यसम्ममा दोब्बर बनाइने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । इन्डियन इनर्जी एक्सचेन्ज, भारतमै मध्यमकालीन सम्झौता र बङ्गलादेश निर्यातसमेत गरी करिब ३५ अर्ब रुपियाँ बराबरको विद्युत् निर्यात गर्ने योजना अनुसार गृहकार्य भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले जानकारी दिनुभयो ।

    आव २०८१-८२ मा नेपालको आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ । अघिल्लो वर्षको तुलनामा ग्राहक संख्या ४.६ प्रतिशतले बढेर ५७.१ लाख पुगेको समेत प्राधिकरणको तथ्यांकमा देखिन्छ । नेपाल विद्युत् प्राधिकरणले आइतबार सार्वजनिक गरेको आव २०८१-८२ को वार्षिक प्रगति विवरण अनुसार एक वर्षको अवधिमा २५३ सर्किट किलोमिटर प्रसारण लाइन थप भएको छ ।

    कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले प्राधिकरणको कुल सम्पत्ति ६ दशमलब २ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको जानकारी समेत दिनुभयो । शाक्यले केहिबर्षदेखि प्राधिकरण निरन्तर नाफामा रहेको पनि जानकारी दिनुभयो । कार्यकारी निर्देशक शाक्यले यसो भनिरहँदा नेपाल विद्युत् प्राधिकरणको अघिल्लो आर्थिक वर्ष २०८०÷८१० को तुलनामा गत आर्थिक वर्ष २०८१-८२ मा नाफा घटेको छ । गत आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणले ९ अर्ब ६ करोड नाफा कमाएको थियो । भने, अघिल्लो आवमा प्राधिकरणले १३ अर्ब ३१ करोड नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा प्राधिकरणको नाफा घटेको हो ।

    ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणले पाई–पाई हिसाब गरेर बक्यौता असुल गर्नुपर्ने बताउनुहुन्छ । नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले उद्योगहरुले प्रयोग गरेको विद्युतको बक्यौता एक–एक गरेर तिर्नुपर्ने बताउनुभएको हो ।

    डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्ता कम्पनीहरुले प्राधिकरणलाई २२ अर्बभन्दा बढी बक्यौता बुझाउन बाँकी छ । उक्त बक्यौता १०औं वर्षसम्म पनि नउठाएको भन्दै मन्त्री खड्काले आक्रोश व्यक्त गर्नुभयो । मन्त्री खड्का नेपालको सबैभन्दा महत्वपूर्ण क्षेत्र नै ऊर्जा रहेको बताउनुहुन्छ । अहिले रासायनिक मल कारखाना खोल्ने कुरा भइरहेको र त्यसका लागि समेत हजारौं मेगावाट विद्युत खपत हुने उहाँको भनाई छ । ‘हाम्रो सबैभन्दा महत्वपूर्ण क्षेत्र नै ऊर्जा क्षेत्र हो । मन्त्री खड्को भनाई थियो ।

    नेपाल बिध्युत प्राधिकरण कर्मचारी संघका अध्यक्ष टंकप्रसाद अधिकारी विद्युत् प्राधिकरणको नाफा किन घट्यो भन्दै प्रश्न गर्नुहुन्छ । सरकारले ठोस नीति नल्याए धराशायी हुनेतर्फ उहाँले सचेत गराउनुभयो ।

    नेपाल विद्युत् प्राधिकरणले आइतबार सार्वजनिक गरेको आव २०८१-८२ को वार्षिक प्रगति विवरण अनुसार एक वर्षको अवधिमा २५३ सर्किट किलोमिटर प्रसारण लाइन थप भएको छ ।देशभरि अहिले २ हजार ३४ सर्किट किलोमिटर प्रसारण लाइन निर्माणाधीन अवस्थामा छन् । प्रसारण लाइन सवस्टेसन क्षमता भने १४ हजार १२३ एभीए पुगेको छ । 

    गत आवमा १ हजार ७३ एभीए थप भएको प्राधिकरणको तथ्यांक छ । ६ हजार ३३८ एभीएका सबस्टेसन निर्माणको चरणमा छन् ।


    आइतवार, भाद्र १ २०८२०७:४४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij