Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह, के छ प्रतिवेदनमा ?

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह, के छ प्रतिवेदनमा ?

  • शनिवार, मंसिर १३ २०७७

  • 715
    SHARES

  • ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह, के छ प्रतिवेदनमा ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ ।

    प्रतिवेदनले प्रधानमन्त्री ओली स्वयंले भ्रष्टाचारीको संरक्षण गरेको भन्ने पार्टीकोे समीक्षालाई पुष्टि गरेको कांग्रेसले आज एक विज्ञप्तिमार्फत् जनाएको छ ।

    प्रतिवेदनमा भ्रष्टाचारीको संरक्षण प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण उल्लेख छ । प्रतिवेदनमा किटानी विवरण रहेको स्थिति देशकै लागि लज्जास्पदसमेत भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुु भएको छ ।

    अन्तर्राष्ट्रिय जगतमा नेपालको छविमा यसबाट गम्भीर असर पुगेको स्थिति दृष्टिगत गर्दै सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्न अनिवार्य भएको पनि प्रवक्ता शर्माले बताउनुभएको छ ।

     


    शनिवार, मंसिर १३ २०७७०६:२९:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij