Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

दोस्रो संस्करणको एनपीएलको मिनी अक्सन शनिबार, ३७ खेलाडीको बोली लाग्ने

दोस्रो संस्करणको एनपीएलको मिनी अक्सन शनिबार, ३७ खेलाडीको बोली लाग्ने

  • शुक्रवार, श्रावण २३ २०८२

  • 1.1K
    SHARES

  • दोस्रो संस्करणको एनपीएलको मिनी अक्सन शनिबार, ३७ खेलाडीको बोली लाग्ने

    काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को मिनी अक्सन शनिबार हुँदैछ । अक्सनका लागि १५० खेलाडी छनोट भएकोमा त्यसबाट ३७ खेलाडी खरिद विक्री हुनेछन् । पहिलो संस्करणको अक्सनमा ८ फ्रेन्चाइच टिमहरुले मार्कीबाहेक ८० खेलाडी अक्सनबाट खरिद गरेका थिए । त्यसमध्ये पहिलो सिजनका ३७ खेलाडीलाई टिमहरुले रिलिज गरेका छन् ।

    अक्सनका लागि नेपाल क्रिकेट संघ क्यानले १५० खेलाडी छनोट गरेको छ । जसमा ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०५ खेलाडी छन् । पहिलो संस्करणको एनपिएलको अक्सनमा ग्रेड ‘ए’ र ‘सी’ बाट समान ३ र ‘बी’ बाट ४ खेलाडी अनिवार्य रुपमा खरिद गर्नुपर्ने व्यवस्था थियो । तर, यसपटक भने टिमले आवश्यकताअनुसार जुनसुकै ग्रेडको खेलाडी पनि खरिद गर्नसक्ने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    क्यानसँगको सम्झौताअनुसार रिटेन भएका खेलाडीको मुल्य १० प्रतिशतले वृद्धि हुनेछ । रिलिज भएका र नयाँ खेलाडीको हकमा भने न्यूनतम मूल्य ग्रेड ‘ए’ मा रहेका खेलाडीको १० लाख ‘बी’ मा रहेका खेलाडीको ५ लाख र ‘सी’ मा रहेका खेलाडीको २ लाख कायम गरिएको छ ।


    शुक्रवार, श्रावण २३ २०८२०५:३२:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij