एजेन्सी । राष्ट्रिय नेवाः खलः इजरायलको अध्यक्षमा पुनः ज्योति प्रधान चयन हुनुभएको छ ।
राष्ट्रिय नेवाः खलः इजरायलको १३औं अधिबेशनले प्रधानको नेतृत्वमा ने.स. ११४५/११४७ को लागि सर्वसमत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
नेपाल सम्बत् ११४५ गुंलाथ्व दशमी अदानुसार अगस्ट ४, २०२५ का दिन अनलाइन बैठक मार्फत सम्पन्न अधिबेशनले १९ सदस्यीय समिति चयन गरेको छ । जस अनुसार अध्यक्षमा ज्योती प्रधान, वरिष्ठ उपाध्यक्षमा अमिरा श्रेष्ठ, उपाध्यक्षमा प्रबिन श्रेष्ठ, महासचिवमा सुनिता श्रेष्ठ, सचिबमा राजभाई प्रजापती, कोषाध्यक्षमा सरस्वती श्रेष्ठ, सह–कोषाध्यक्षमा समीर श्रेष्ठ र सदस्यहरुमा पृयन्का श्रेष्ठ, पुनम ताम्राकार, गणेश श्रेष्ठ, जमुना किसि प्रधान, प्रज्वल प्रधान, सबिन मान्धर, सुमित उलक, बिनोद श्रेष्ठ, जिबन श्रेष्ठ, रस्ना श्रेष्ठ, सीता श्रेष्ठ र निशा प्रधान रहेका छन् । संरक्षक मनु श्रेष्ठको अध्यक्षतामा रहेको निर्वाचन समितिले सबै पदमा निर्बिरोध निर्वाचित भएको घोषणा गरेकी गर्नुभएको थियो ।
यसै संस्थाको संरक्षकहरुमा राजेन्द्र श्रेष्ठ, मनु श्रेष्ठ, बिमला श्रेष्ठ र स्वस्तिका श्रेष्ठ रहेका छन् । यसरी नै प्रमुख सल्लाहकारमा राजकुमारी श्रेष्ठ र सल्लाहकारहरुमा राजु श्रेष्ठ र सुनिल श्रेष्ठ रहेका छन् ।