Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

फिफा महिला वरीयतामा नेपालको छलाङ

फिफा महिला वरीयतामा नेपालको छलाङ

  • बिहिवार, श्रावण २२ २०८२

  • 874
    SHARES

  • फिफा महिला वरीयतामा नेपालको छलाङ

    काठमाडौं । फिफा महिला वरीयतामा नेपालले ऐतिहासिक सफलता हासिल गरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७औँ स्थानमा पुगेको छ। यो नेपाली टोलीले हासिल गरेको हालसम्मकै उच्च वरियता हो।

    यसअघि नेपाल ९१औँ स्थानसम्म पुगेको थियो। यसअघि १००औँ वरियतामा रहेको नेपाल यसअघिको अङ्कबाट ४६.४९ अङ्क बढेर नयाँ वरियतामा ८७औँ स्थानमा पुगेको हो। एसियाली राष्ट्रहरूमध्ये नेपाल १६औँ स्थानमा छ।

    नेपालले महिला एसियन कप छनोटमा श्रीलङ्का र लाओसलाई हराउँदा उज्बेकिस्तानसँग बराबरी खेलेको थियो। यस प्रतियोगितापछि नेपालको वरियतामा ठुलो सुधार आएको हो। फिफा वरियताको शीर्ष स्थानमा स्पेन उक्लिएको छ भने अमेरिकी टोली दोस्रोमा झरेको छ।


    बिहिवार, श्रावण २२ २०८२०५:२०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij