Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

वर्तमान सरकारका कारण देशको अवस्था दयनिय बनेको छः पूर्वमन्त्री मोदी

वर्तमान सरकारका कारण देशको अवस्था दयनिय बनेको छः पूर्वमन्त्री मोदी

  • बिहिवार, श्रावण ८ २०८२

  • 536
    SHARES

  • वर्तमान सरकारका कारण देशको अवस्था दयनिय बनेको छः पूर्वमन्त्री मोदी

    काठमाडौं । माओवादी केन्द्रका नेता अमनलाल मोदीले वर्तमान सरकारका कारण देशको अवस्था दयनिय बनेको टिप्पणी गर्नुभएको छ ।

    एक वर्षको अवधिमा ओली सरकारले भ्रष्टाचारमा मुछिएका आफ्नालाई जोगाउने बाहेक अरु काम नगरेको उहाँको दाकी छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद्मा रहेका मन्त्रीहरु नै भ्रष्टाचारमा मुछिएको प्रस्टै हुने बताउँदै उहाँले देशमा निराशा दिनप्रतिदिन बढ्दै गइरहेको जिकिर गर्नुभयो ।

    संसदका दुई ठुला दलको समिकरणमा बनेको सरकारले गर्न चाहे गर्न सक्ने हुँदाहुँदै पनि एक सिन्को नभाँचेको आरोप लगाउनुभयो ।

    विगतको सरकारबाट निरामा पिसिएका जनताहरुलाई वर्तमान सरकारले झन् बढि डुबाएको पनि उहाँको भनाइ छ । ओली सरकारले काम केहि नगरेर भाषण र कुरा मात्रै गरेरै एक वर्ष विताएको उहाँको भनाइ छ ।


    बिहिवार, श्रावण ८ २०८२१२:३८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij