Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एक हजार ७०३ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

एक हजार ७०३ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

  • शुक्रवार, मंसिर १२ २०७७

  • 731
    SHARES

  • एक हजार ७०३ कोरोना संक्रमित थपिए, २३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १७ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा १० हजार ४ सय ६० पिसिआर परीक्षण भएको छ ।

    यसैगरी, पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १२ सय ३६ जना डिस्चार्ज भएका छन । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९ हजार ४ सय ३५ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ पुगेको छ ।

    त्यस्तै, पछिल्लो २४ घन्टामा नेपालमा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ ।


    शुक्रवार, मंसिर १२ २०७७०४:५१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij