काठमाडौं । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले’ गत बर्ष जस्तै यस बर्ष पनि गाईजात्रा महोत्सव गर्ने भएको छ जसमा देशकै कान्छी कमेडियन सुयशा खनालको पनि विषेश प्रस्तुती रहने संस्थानका महाप्रबन्धक किरण बाबु पुनले बताउनुभयो ।

आगामी २४ देखि ३१ सम्म आयोजना हुने ‘गाईजात्रा महोत्सव ८२’मा सुयशा सहित सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे ,सुरेन्द्र केसी ‘मुला साग’, शिवशंकर रिजाल ‘जोगिन्दर’, राजा राजेन्द्र पोखरेल, हिमेश पन्त, विकास अर्याल, सरोज भण्डारी, सुजिता श्रेष्ठ, भरतमणी पौड्याल, सन्तोष थापा, सुमन कोइराला, कैलाश कार्की, दिनेश काफ्ले, खडगबहादुर पुन लगायत नाचघरका कलाकरहरुको पनि प्रस्तुती रहनेछ ।
कान्छी कमेडियन सुयशाले गाईजात्रा महोत्सव २०८१ मा पनि आफ्नो प्रस्तुतिले दर्शकको मन जितेकी थिइन । सांस्कृतिक पर्व गाईजात्राको महत्त्व र गरिमालाई जोगाई राख्न ‘गाईजात्रा महोत्सव ८२’को आयोजना गर्न लागिएको संस्कृति संस्थानले जनाएको छ ।