Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १५ करोड बढी बिगो माग दाबी

सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १५ करोड बढी बिगो माग दाबी

  • शुक्रवार, आषाढ २७ २०८२

  • 443
    SHARES

  • सुनिल पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, १५ करोड बढी बिगो माग दाबी

    काठमाडौं । झुटा विवरण तयारी कम्प्युटर सामग्री खरिदमा झण्डै १६ करोड भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय सूचना प्रविधि केन्द (एनटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ विरुद्ध मुद्दा दायर भएको छ । ०७६ माघ १५ भएको ठेक्का सम्झौतामा उच्च गति कम्प्युटिङ उपकरण खरिद गर्ने व्यहोरा राखेर कमसल गुणस्तरको उपकरण खरिद गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा अनियमिता भेटिएको अख्तियारको ठहर छ ।

    केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वलीसहित ठेक्का पाएको वल्र्ड डिस्ट्रिव्युसन नेपाल प्रालि र कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेषमा मुद्दा दायर गरेको हो ।

    आव ०७६-७७ मा उच्च कम्प्युटिङ पूर्वाधारको आपूर्ति, ढुवानी, जडान तथा परीक्षण सञ्चालनका लागि भन्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट भएको ठेक्का सम्झौतामा १५ करोड ८८ लाख ५० हजार भ्रष्टाचार भएको ठहर गर्दै सोही बराबरको बिगो कायम गरेर तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनालाई भ्रष्टचार निवारण ऐन २०५९ अनुसार कारबाही गर्न अख्तियारको माग छ ।

    अख्तियारले शुक्रबार विशेष अदालतमा दायर गरेको मुद्दामा भनिएको छ, ‘बोलपत्र दस्तावेज मा उल्लेख भएअनुसार प्रत्येक स्टोरेज कन्ट्रोलरमा २.४ गिगाहर्ज कार्यक्षमताको २४ कोर प्रोसेसर जडान गर्नुपर्नेमा ओराकल जेडएफएस स्टोरेस अप्लायन्स जेडएस–२ कन्ट्रोलरमा २.१ गिगाहर्जको प्रोसेसर मात्र राखिएको पाइएको छ ।’

    प्राविधिकरुपमा २.४ गिगाहर्जको प्रोसेसरको प्रति सेकेन्ड ३०० मिलियन बढी निर्देशन प्रक्रिया (कम्प्युटिङ) गर्न सक्छ । जुन २.१ गिगाहर्ज कार्यक्षमताको प्रोसेसरको तुलनामा १४.२८ प्रतिशत बढी हुनेहुँदा खरिद सम्झौतामा गुणस्तरीय कम्प्युटर उपकरण देखाएर कमसल सामग्री जडान गरिएको पाइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।


    शुक्रवार, आषाढ २७ २०८२०३:१३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij