Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सलिना वि.क को नयाँ गीत ‘प्रतीक्षामै’ सार्वजनिक (भिडियोसहित)

सलिना वि.क को नयाँ गीत ‘प्रतीक्षामै’ सार्वजनिक (भिडियोसहित)

  • बुधवार, आषाढ ११ २०८२

  • 1.8K
    SHARES

  • सलिना वि.क को नयाँ गीत ‘प्रतीक्षामै’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । बहुचर्चित गीत “चाईने जो जिन्दगानीमा’’ पछि गायिका सलिना वि.क को अपेक्षाकृत नयाँ गीत “प्रतीक्षामै’’ सार्वजनिक भएको छ । गीतलाई म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो ।

    गीत र भिडियोमार्फत गर्भ तुहिनु महिलाको आफ्नो दोष नभई उमेर, थाइराइड, पिसिओएस, र वंशाणुगत जस्ता कारणहरूले असर पार्न सक्छन्, र यसको उपचार र उपाय सम्भव छ भन्ने शन्देस दिन खोजिएको छ। स्वास्थ्यकर्मी सीमा ज्ञवालीको शब्द तथा राजेश कुमार श्रेष्ठको संगीतमा रहेको गीत जिरो आवर डिजिटल युट्युव मार्फत सार्वजनिक गरिएको हो।

    महिलाहरुको भावनात्मक संवेदनशीलतालाई यस म्यूजिक भिडियोमा चर्चित कलाकार सुधिर श्रेष्ठ र बिना राउतको जीवन्त अभिनय देख्न सकिन्छ । काठमाडौंको कमलादी स्थित म्युजिक क्लाउड स्टुडियोमा रेकर्डिङ्ग गरिएको यस गीतको भिडियोमा सुरेश पाण्डेको निर्देशन तथा कलात्मक कोरियोग्राफी रहेको छ । भिडियोलाई देब दोर्जे लामाले छायाङ्कन गर्नुभएको हो भने अनन्त घिमीरेले सम्पादन गर्नुभएको छ । गीतको म्युजिक भिडियो यहाँ पनि हेर्न सकिन्छ ।

    म्युजिक भिडियो

     

     


    बुधवार, आषाढ ११ २०८२०५:२०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij