Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री र भारतीय विदेशसचिवबीचको भेटवार्ता सकियो

प्रधानमन्त्री र भारतीय विदेशसचिवबीचको भेटवार्ता सकियो

  • बिहिवार, मंसिर ११ २०७७

  • 1.2K
    SHARES

  • प्रधानमन्त्री र भारतीय विदेशसचिवबीचको भेटवार्ता सकियो

    काठमाडौं । नेपालको दुईदिने भ्रमणमा आएका भारतका विदेशसचिव हर्षबर्धन श्रृंगलाको प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता सकिएको छ । कबिर ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता भर्खरै सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

    आजै बिहान काठमाडौं आइपुगेका श्रृंगलाले यसअघि नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नुका साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गरेका थिए ।

    भेटवार्तामा भारतीय राजदूत विनयमोहन क्वात्राको समेत उपस्थिति थियो ।

    यसअघि नेपाल–भारत द्विपक्षीय परराष्ट्र सचिवस्तरीय वार्ता भएको थियो । विदेशसचिव श्रृंगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    यसैबीच, भारतले नेपाल–भारत विदेश सचिवस्तरीय वार्तालाई उपलब्धिमूलक भेटघाट भएको बताएको छ ।


    बिहिवार, मंसिर ११ २०७७०६:३२:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij