Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

व्यवसायीका समस्याहरू समाधान गर्न सरकार प्रतिवद्ध रहेको अर्थमन्त्रीको भनाई

व्यवसायीका समस्याहरू समाधान गर्न सरकार प्रतिवद्ध रहेको अर्थमन्त्रीको भनाई

  • आइतवार, बैशाख २८ २०८२

  • 535
    SHARES

  • व्यवसायीका समस्याहरू समाधान गर्न सरकार प्रतिवद्ध रहेको अर्थमन्त्रीको भनाई

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याहरू समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आइतबार काठमाडौंमा आयोजना गरेको बजेट पूर्व छलफल कार्यक्रममा पौडेलले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्याका बारेमा सरकार जानकार रहेको भन्दै निजी क्षेत्रसँग सहकार्य गर्दै समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको हो ।

    उहाँले सरकार बने लगतै अर्थतन्त्रमा देखिएका शिथिलता अन्त्य गर्नका लागि ध्यान केन्द्रित गरेको र त्यसका लागि आवश्यक कानून समेत निर्माण गरिएको जानकारी दिनुभयो । कानून संशोधनको प्रक्रियाका साथै निजी क्षेत्रका अन्य समस्या समाधान गर्न सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको भन्दै पौडेलले अहिले आयोगको सुझावका आधारमा सरकार अघि बढिरहेको उहाँको भनाई छ ।

    आयोगको सुझावहरूलाई क्रमश कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै अर्थमन्त्री पौडेलले बजेटका साथै अन्य कानूनी संरचना निर्माण गरेर भएपनि अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने बताउनुभयो ।

    यस्तै कार्यक्रममा उद्योग बाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको र त्यसले निजी क्षेत्र प्रवद्र्धनलाई सकारात्मक रुपमा लिएको सन्दर्भमा आगामी वर्षको बजेटले लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा लिएको बताउनुभयो ।

    साधारण खर्च घटाइ विकास खर्च बढाउने र सर्वसाधारणको क्रयशक्ति एवं उद्यमीको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम यस पटकका प्रमुख आकर्षण हुनुपर्ने ढकालको सुझाव रहेको छ । सबै क्षेत्रलाई समेट्ने गरी आँउदो बजेटमा २०८२-०९२ लाई लगानी दशक घोषणा गरि स्थायित्वमा विशेष ध्यान दिनुपर्नेमा ढकालले जोड दिनुभयो ।

     


    आइतवार, बैशाख २८ २०८२०१:१७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij