काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक हुने बताउनुभएको छ । आज काठमाडौँमा १० औँ नेपाल इन्टरनेशनल ट्रेड फेयरको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले सरकार बजेटको सम्मुखमा रहेको बताउँदै लगानीको क्षेत्रलाई प्राथमिकीकरण गरेर लगानी गर्ने किसिमको बजेट आउने दाबी गर्नुभयो । विगतका कमी कमजोरी सुधार गरेर आर्थिक अनुशासन कायम गरी ठोस बजेट ल्याउने उहाँको भनाई छ ।
नेपालको उद्योग व्यापार बिस्तारको लागि औद्योगिक पूर्वाधार, विशेष आर्थिक क्षेत्र प्राधिकरणसहित लगायतका क्षेत्रलाई अब नयाँ मोडालिटीका साथमा अघि बढाउन खोजिएकाने बताउँदै मन्त्री भण्डारीले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावलाई ध्यानमा राखेर रुग्ण उद्योगहरुको डिडिए पूरा गर्ने उल्लेख गर्नुभयो । रुग्ण उद्योगहरुको डिडिए साउन १५ भित्र पूरा गरेर नयाँ मोडालिटीका साथ अघि बढ्ने उहाँको भनाई छ ।