काठमाडौं । रवि सुनार र पिटु गहतराजको स्वरमा रहेको गीत ‘महसुस गर्नुछ’ सार्वजनिक भएको छ । निर्मल तिमल्सिनाको शब्द रचना, रविकै संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
यस गितमा बोम खत्रीले निर्देशन गरेका छन्, भने गीतको भिडियोमा आर्चर पन्त र पूजा मोक्तानलाई फिचरिङ गरिएको छ । विवेक विकको छायांकन, बोम खत्रीको नै दृश्य सम्पादनमा गित निर्माण गरिएको छ । द डाफेस फिल्म कम्पनीले निर्माण गरेको भिडियो द डाफेस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।