Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

यूएन पर्यटन महासचिव समक्ष नेपाली राजदूत शनिल नेपालद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

यूएन पर्यटन महासचिव समक्ष नेपाली राजदूत शनिल नेपालद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

  • मंगलवार, बैशाख १६ २०८२

  • 920
    SHARES

  • यूएन पर्यटन महासचिव समक्ष नेपाली राजदूत शनिल नेपालद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

    मड्रिड । स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका महासचिव जुराब पोलोलिकाश्विली समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । म्याड्रिडस्थित यूएन पर्यटन मुख्यालयमा मंगलबार आयोजित औपचारिक समारोहमा राजदूत नेपालले प्रमाणपत्र बुझाउँदै नेपालको तर्फबाट शुभकामना सन्देश पनि हस्तान्तरण गर्नुभएको थियो ।

    प्रमाणपत्र प्रस्तुतिपछि भएको भेटवार्तामा राजदूत नेपालले नेपाल सरकारका परराष्ट्रमन्त्रीको तर्फबाट महासचिव पोलोलिकाश्विलीलाई शुभकामना व्यक्त गर्दै उपयुक्त समयमा नेपाल भ्रमणको निम्तो दिनुभएको थियो । 

    महासचिव पोलोलिकाश्विलीले अन्तर्राष्ट्रिय पर्यटक आगमनमा नेपालले महामारीपछिको पूर्ण सुधार हासिल गरेकोमा बधाई दिँदै नेपालको प्रयासको सराहना गर्नुभएको थियो । उहाँले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान र विश्व पर्यटनमा र्पुयाएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

    राजदूत नेपालले नेपालले पर्यटनको विविधीकरणमा दिएको प्राथमिकता, जस्तै अध्यात्मिक र सांस्कृतिक सम्पदा तथा जैविक विविधताको प्रवद्र्धनबारे जानकारी दिँदै भविष्यमा यूएन पर्यटनका उच्चस्तरीय सम्मेलनहरू नेपालमा आयोजना गर्न प्रस्ताव पनि राख्नुभएको थियो । महासचिवले उक्त प्रस्तावप्रति चासो व्यक्त गर्दै सम्भावनाबारे थप छलफल गर्न इच्छुक रहेको जनाउनु भएको थियो ।

    भेटमा नेपाल र यूएन टुरिज्मबीच सहकार्य विस्तारका विविध सम्भावनाहरूबारे पनि छलफल भएको थियो । महासचिव पोलोलिकाश्विलीले प्रभावकारी संवाद र सहकार्यमार्फत दुवै पक्षबीचको सम्बन्ध अझ बलियो बनाउनेमा जोड दिनुभयो ।

    समारोहमा यूएन पर्यटन र नेपाली दूतावासका अधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।


    मंगलवार, बैशाख १६ २०८२०६:५६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij