Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल विद्युत् प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न रोक

नेपाल विद्युत् प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न रोक

  • मंगलवार, बैशाख १६ २०८२

  • 723
    SHARES

  • नेपाल विद्युत् प्राधिकरणलाई श्वेतपत्र सार्वजनिक गर्न रोक

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज सार्वजनिक गर्ने भनिएको श्वेतपत्र सार्वजनिक गर्न रोक लगाइएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले श्वेतपत्र सार्वजनिक गर्ने कार्य स्थगित गर्ने भनेपछि रोकिएको प्राधिकरणका प्रवक्ता राजभाई शिल्पकारले बताउनुभयो ।

    नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पदबाट बर्खास्त गरेपछि नियुक्ति भएका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको श्वेतपत्र तयार गर्नुभएको थियो ।

    प्राधिकरण तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङले भनेजस्तो नाफाको अवस्थामा नरहेर ठूलो दायित्वमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री र नवनियुक्ति प्रबन्ध निर्देशक शाक्यले समेत सार्वजनिक प्रतिक्रिया दिनुभएको थियो ।

    तर, शाक्यले तयार पारेको प्रतिवेदनलाई भने मन्त्री अध्यक्ष रहेको सञ्चालक समितिले नै सार्वजनिक गर्नबाट रोक लगाएको छ । किन रोक लगाएको भन्ने विषय भने प्राधिकरणले उल्लेख गरेको छैन ।


    मंगलवार, बैशाख १६ २०८२०२:३१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij